संदीप चम्किँदा दिल्ली ३४ रनले विजयी

Advertisement

काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल)को शुक्रबार चेन्नई सुपर किङ्सविरुद्ध भएको खेलमा संदीप लामिछानेको टिम चम्किँदा दिल्ली डेभियर्स ३४ रनले विजयी भएको छ ।

संदीप सहभागी भएर खेलिएको दिल्लीको यो दोस्रो खेल हो । खेलका क्रममा नेपाली लेग स्पिनर सन्दीपले आफ्नो बलिङको कमाल देखाउँदै दिल्लीलाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

महेन्द्रसिंह धोनी नेतृत्वको प्रभावशाली चेन्नईलाई सन्दीपको कसिलो बलिङ भारी परेको छ । यसअघि लगातार हार्दै आएको दिल्ली यस पटक भने जित्न सफल भएको हो ।

घरेलु मैदान फिरोज शाह कोट्लामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १६३ रनको चुनौती दिएपछि जवाफी ब्याटिङमा चेन्नईले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १२८ रनमा सीमित भयो ।

प्लेअफबाट बाहिरिसकेको अवस्थामा दिल्लीका लागि यो खेल जित्नु प्रतिष्ठाको विषय बनेको थियो । दिल्लीलाई जिताउने क्रममा सन्दीपले दोस्रो किफायदी बलिङ गर्दै चेन्नईका कहलिएका ब्याट्म्यानहरुलाई खुलेर खेल्न दिएनन् ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन मात्रै खर्चिएर १८ बलमा १५ रन बनाएको अवस्थामा सुरेश रैनाको विकेट लिन सफल भए भने न्यूजील्यान्डका बलर टे«न्ट बोल्टले ४ ओभरमै २० रन खर्चिएर २ विकेट लिन सफल भए ।

संदीपले यअसघि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर पार्थिव पटेलको विकेट लिएका थिए । आजको खेलमा चेन्नईका कप्तान धोनीविरुद्धसमेत संदीपले किफायती बलिङ गरे । धोनीसँगै अर्का ब्याट्सम्यान सुरेश रैनालाई प्रत्येक बलमा केबल १–१ रन मात्रै बनाने मौका दिए । त्यसअघि दोस्रो ओभरमा शेन वाट्सनविरुद्ध बलिङ गर्दै संदीपले २ रन मात्रै बनाउने मौका दिएका थिए ।

सन्दीपको बलमा लामो सट प्रहार गर्न खोज्दा रैना १३।१ ओभरमा क्याच आउट हुन पुगेका थिए । चौथो ओभरमा चेन्नईका रवीन्द्र जडेजाले बलिङ गर्ने क्रममा सोह्रौं ओभरको पहिलो बलमै छक्का हानेपछि संदीपलाई केही दबाब परेको थियो । तर त्यसपछि उनको बलमा जडेजाले ४ रन मात्रै लिए । र धोनीले केबल एक रन लिन सके । आफ्नो चौथो ओभरमा सन्दीपले एक छक्कासहित ११ रन खर्चिए ।

आफ्नो पहिलो ओभरमा शेन वाट्सनलाई २ रन मात्रै गर्ने मौका दिएका सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएका छन् । उनले समग्रमा चार ओभर बलिङ गरेर किफायती सावित हुँदै केबल २१ रन मात्रै खर्चिए।

दिल्ली र चेन्नइको यस खेलमा चेन्नईका लागि अवान्ती रायडुले २९ बलमा अर्धशतक पुरा गरेका थिए भने अन्यको प्रदर्शन त्यति राम्रो रहेन
। दिल्लीका लागि बोल्ट र अमित मिश्राले २–२, तथा सन्दीप र पटेलले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको दिल्लीका लागि रिसभ पन्तले सर्वाधिक ३८ रनको योगदान दिए भने हर्षल पटेल र विजय शंकरले समान ३६–३६ रनको योगदान दिए ।

Advertisement

Advertisement

Advertisement