विराटनगरबाट भारतीय फिल्ड अफिस हटाइदिने ओलीको प्रतिवद्धता

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाइने बताएका छन् ।

शनिबार नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा ओलीले भारत १९५० को सन्धि फेर्न सहमत भइसकेको भन्दै विराटनगरको फिल्ड अफिस हट्दा उसले बेखुशी हुनुपर्ने जरुरी नरहेको बताए ।

विसं २०६५ सालको भदौमा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आएपछि पास दिन उक्त अफिस खुलेको थियो ।

फिल्ड अफिस हटाउन नेपालका केही राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले आवाज उठाउँदै आए पनि भारतीय दूताबासको हटाउन मानेको छैन ।

Advertisement

Advertisement

Advertisement