कलेज सेफ आइकन २०१८ का प्रतियोगीहरुलाई लक्षित गरी युनिक्याम्पसमा वर्कशप

Advertisement

काठमाडौंः कलेज सेफ आइकन नेपाल ,२०१८ का प्रतियोगीहरुलाई लक्षित गरी शनिबार पुतलीसडकस्थित युनिक्याम्पसमा वर्कशप आयोजना गरिएको छ । सगतानी एक्जिमको प्रायोजनमा भएको वर्कसपमा प्रतिस्पर्धी कलेजका प्रतियोगी विद्यार्थी, निर्णायक सेफ सहभागी थिए ।

वर्कशपमा निर्णायक मन्डलका सेफहरु सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मण भण्डारी, डा. संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेतले प्रतियोगितामा रहने खानाका किसिम, खानाको महत्व खाना बनाउने तरिका, सेफले दिनुपर्ने प्रस्तुती आदीका बारेमा प्रस्तुती दिएका थिए ।

युनिक्याम्पस ग्लोबलका निर्देशक घनश्याम घिमिरेले बिदेशी भूमिमा नेपाली खानाको उपलब्धताबारे जानकारी गराएका थिए ।

Advertisement

Advertisement

Advertisement