भोलिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन

Advertisement

काठमाडौंः सरकारले सोमवारदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टासम्म सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्रिभुवन विमानस्थलको चाप कम गर्ने उद्देश्यले दैनिक २१ घण्टासम्म सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रविन्द्र अधिकारी आएदेखि त्रिभुवन विमानस्थलको हवाई चापलाई कम गर्नको लागि दैनिक ३१ घण्टासम्म सञ्चालनमा ल्याउन निर्देशन दिएपछि उक्त तयारी थालिएको हो । सोमवार करिब १ बजेदेखि औपचारिक रुपमा दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न लागिएको बताइएको छ ।

मन्त्री अधिकारीले सय दिने कार्यक्रमको घोषणा गर्दै जेठ ७ गतेदेखि दैनिक २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउने बताएका थिए । मन्त्रालयको निर्देशन अनुसार नै भोलीदेखि २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउने तयारी भएको छ ।

सरकार, नेपाल प्रहरी, अध्यागमन, टीआइए, नेपाल आर्मी लगायतका सरोकारवाला निकायसँग छलफल पश्चात विमानस्थललाई २१ घण्टासम्म सञ्चालनमा ल्याउन लागिएको हो । हाल विमानस्थल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement