कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न पाइन्नः लालबाबु

Lalbabu-Pandit_in_pokhara

पोखराः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन् ।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको ट्रेड युनियन आवश्यक नरहेको स्पष्ट पारे ।

united

मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिए । उनका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो । वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् । संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उहाँले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिए ।