सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको सातदोबाटोमा

Advertisement

काठमाडौंः सेञ्चुरी कपर्सियल बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको सातदोबाटोमा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि सञ्चालनमा ल्याएको उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् ।

बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत मर्हजन, प्रहरी निरिक्षक शिताराम हाक्षेतु तथा बैंकका अन्य वरिष्ठ पद्धाधिकारिको पनि उपस्थिती रहेको थियो ।

बैंकको सातदोबाटोमा नयाँ शाखा सञ्चालनमा आएपछि उपत्यकामा १२ वटा शाखा र पाँच वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र तीन वटा एक्स्टेन्न काउन्टरका साथै १० शाखारहित बैंकिङ गरि ११२ स्थानबाट सेवा दिइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement