एनआइसी एशियाकोे शाखारहित बैंकिङ सिरहाको भोक्राहामा

Advertisement

काठमाडौः एनआईसी एशिया बैंकले सिरहाको भोक्रामा शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवा यही आइतबारबाट सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाको उद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डले संयुक्त रुपमा गरेका हुन् । बैंकले सथानीय प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ । बैंकको यो शाखाबाट देशका विभिन्न ग्रामीण क्षेत्र र स्थानीय बासिन्दाले गाउँमै बैंकिङ्ग सेवा लिन सक्ने साथै, सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास गर्ने लक्ष्य लिएको छ ।

बैंको मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, सात वटा एक्स्टेन्सन काउण्टर एवं आठ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ ।  बैंकको वासलातको आकार १५९ अर्ब रपियाँभन्दा बढि पुगेको छ । त्यस्तै, बैंकले कुल कर्जातर्फ करिब ११० अर्ब रपियाँ र निक्षेपमा करिब १३६ अर्ब रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement