विश्वकप फुटबलका लागि अर्जेन्टिनाको २३ सदस्यीय खेलाडी घोषणा

Advertisement

काठमाडौंः आगामी महिनादेखि रसियामा आयोजना हुने विश्वकपको २१औं संस्करणमा खेल्नको लागि अर्जेन्टिनाले अन्तिम खेलाडी घोषणा गरेको छ । अर्जेन्टिनाले टोलीमा अधिकांस अनुभवी खेलाडीलाई समेट्दै विश्वकप खेल्ने खेलाडीको घोषणा गरेको हो ।

असार १ गतेदेखि सुरु हुने विश्वकप फुटबलका लागि टोलीमा लिओनेल मेस्सी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनजस्ता खेलाडीको साथमा २३ खेलाडी समावेश गरेको छ ।

टोलीमा बार्सिलोनाका मेस्सी, म्यान्चेस्टर सिटीका अगुइरो, सिटीकै निकोलस ओटोमेन्डी, वेष्ट ह्यामका मानुयल लान्जिनी, युनाइटेडका सर्जियो रोमेरीयो र मार्कोस चेल्सीका विली काबालेरो लगायतका छन् । अर्जेन्टिनी टोलीमा प्रिमियर लिग खेल्ने खेलाडीको वर्चश्व रहेको छ ।

अर्जेन्टिनाले यसपटकको विश्वकप प्रतियोगिताको पहिलो खेलमा आइस्ल्याण्डसँग खेल्नेछ ।

Advertisement

Advertisement

Advertisement