शुभम पावरको दुई लाख कित्ता आईपीओ आउँदै

Advertisement

काठमाडौंः शुभम पावरले यही जेठ २० गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि दुई करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दुई लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

आवेदकले कम्पनीको आइपीओमा असार ३ गतेदेखि २४ गतेसम्म भित्रमा भर्न सकिने छ । शुभम पावरले आइपीओको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटलाई छानेको छ ।

आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिबत आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । उक्त आइपीओमा स्थानीयले ५० देखि एक हजार कित्ता सम्म आईपीओमा आवेदन भर्न पाउँछन् ।

आयोजना प्रभावितलाई निष्काशन गरेपछि २० प्रतिशत वा चार करोड रुपियाँ बराबरको चार लाख कित्ता सेयर सर्वसाधरणको लागि खुला गर्ने कम्पनीले जनाएको छ । ३० प्रतिशत आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २० करोड रुपियाँ पुग्ने छ ।

Advertisement

Advertisement

Advertisement