ओरियण्टल इन्स्योरेन्सको नाफामा ३८ प्रतिशतले गिरावट

Advertisement

काठमाडौंः ओरियण्टल इन्स्योरेन्सको तेस्रो त्रैमासमा खुद नाफा १२ करोड ५६ लाख रुपियाँ पुगेको छ । कम्पनीको खुद नाफामा गत वर्षको तुलनामा ३८ दशमलवग ७२ प्रतिशतले घटेको हो ।

कम्पनीको अधिल्लो वर्षको सोही अवधिमा २० करोड ४१ लाख रुपियाँ नाफा भएको थियो । इन्स्योरेनको आम्दानी २४ दशमलव २४ प्रतिशतले घटेर १७ करोड ५५ ला रुपियाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा दुई करोड २७ लाख रुपियाँ रहेको छ ।

यस्तै खुद बीमा शुल्क ४८ करोड ७९ लाख रुपियाँ आर्जन भएको छ । खुद दाबी भुक्तानी ३७ करोड ३३ लाख रुपियाँ गरेको छ । यो अवधिमा कम्पनीले ६१ करोड ७२ लाख कुल बीमा आर्जन गरेको छ भने ४३ करोड ४२ लाख रुपियाँ कुल दाबी भुक्तानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement