सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाइके ‘गोरे’ सार्वजनिक (फोटो फिचरसहित)

Advertisement

काठमाडौंः पछिल्लो पाँच वर्षमा ३८ क्वीन्टल सुन अवैधरुपमा नेपाल तस्करी गर्ने मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’लाई प्रहरीले सार्वजनिक गरेको छ ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य आरोपी गोरेलाई गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार सार्वजनिक गरेको हो । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक तथा मन्त्रालयका सहसचिव ईश्वर पोखरेलले गोरेलाई आजै मोरङ जिल्ला अदालतमा पेस गरिने जानकारी दिए ।

समितिले सुन तस्करीको विषयमा थप सुचना पनि पाएको बताएको छ । सुन तस्करी र सनम हत्या काण्डमा थप अनुसन्धान जारी राख्ने बताइएको छ । समितिका संयोजक पौडेलले गोरेलाई काठमाडौंको गौरीघाटबाट मंगलवार बिहान पक्राउ गरिएको बताए । यसअघि उनलाई भारतबाट पक्राउ गरिएको चर्चा चलेको थियो ।

gore-sun-tasker

gore-gold-smuggler-chudamani

gore-1

gore-2

Advertisement

Advertisement

Advertisement