गोरे भन्छन- म भरिया मात्रै हो, मालिक को हो त ? सुन तस्करी थप रहस्यमय बन्दै

Advertisement

काठमाडौंः ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ले आफू सुन तस्कर नभई तस्करको भरिया मात्र भएको बयान दिएका छन् ।

सरकारले गठन गरेको छानबिन समितिले सार्वजनिक गरेको बयानमा उनले आफू सुन तस्करीमा संलग्न भएको स्वीकार गर्दै मालिक आफू नभएको बताएसँगै सुन तस्करी अझै रहस्यमय बन्न पुगेको छ ।

काठमाडौंको गौरीघाटबाट प्रक्राउ परेका गोरेलाई उच्चस्तरीय छानविन समितिले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंगलवार दिउँसो सार्वजनिक गरेको छ । उनी बिहान करिब साँढे पाँच बजे पक्राउ परेको छानबिन समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलले बताए ।

बयानका क्रममा गोरेले आफू भरिया मात्र भएको र सुन नेपाल ल्याएर सम्बन्धित ठाँउमा पुर्याउँदा केही प्रतिशत कमिसन मात्र खाने गरेको बताएको समितिले जनाएको छ । यस्तै, गोरेले लुटिएको उक्त ३३ किलो सुन भुजुङ गुरुङको समूहसँग रहेको बताएका छन् ।

साथै, अवैध सुनमा लगानी एमके अग्रवालको रहेको बताउँदै ३३ किलो सुन लुटिएपछि सुन मालिक अग्रवालले आफूलाई समेत यातना दिएको दावी गरेका छन् ।

दुवईबाट तस्करी गरेर भित्र्याइएको सुन नेपालका बजारमा र भारतमा लग्ने गरेको गोरेले खुलाएका छन् । उनको बयानअनुसार सुन तस्करीमा यहाँका केही छोटेमोटे व्यापारीदेखि प्रहरी प्रशासनका उच्च तहका कर्मचारी, नेताहरुको समेत संलग्नताको गन्ध आएको छ ।

Advertisement

Advertisement

Advertisement