साढे ३३ किलो सुन तस्करी प्रकरणः २८ जना पूपक्षका लागि थुनामा, दुईजना थुनामुक्त

Advertisement

विराटनगरः साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ भने एक जनालाई १५ हजार धरौटी तथा अर्को एक जनालाई साधारण तारेखमा छाडेको छ ।

थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बरबहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको हो ।

सुनतस्करीको अभियोगमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये ३० जना पक्राउ परिसकेका छन् । आजै सुन तस्करी प्रकरणका नाइके मानिएका गोरे उपनामका चुडामणि उप्रतीलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

Advertisement

Advertisement

Advertisement