सरकारको नीति तथा कार्यक्रम निजी क्षेत्रमैत्रीः महासंघ

Advertisement

काठमाडौंः नेपाल उद्योग बाणिज्य महासंघले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रमैत्री रहेको भन्दै यसलाई सकारात्मकरुपमा लिएको जनाएको छ ।

लोकतन्त्रका आधारभुत मूल्य मान्यता, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकप्रति सरकारले प्रतिवद्धता देखाएको भन्दै महासंघले प्रशंसासमेत गरेको छ ।

निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा सामेल र प्रोत्सान गरिने प्रत्याभुतिको महासंघ स्वागत गर्दछ भन्दै उसले लगानीमैत्री वातावरण, अनुकुल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभुति गरिने नीतिले निजी क्षेत्र उत्साहित भएको जनाएको छ ।

लगानीकर्ताहरुका लागि एकै थलोबाट सहज सेवा उपलव्ध गराइने र लगानी प्रोत्साहन गर्न कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरी व्यवसाय लागत घटाइने कुराले निजी क्षेत्रको महत्वपूर्ण सुझावलाई सम्वोधन भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिसहितको सन्तुलित र सुदृढ अर्थतन्त्रको रुपमा विकास गरिने, अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी प्रवद्र्धन, आत्मनिर्भर र निर्यातमुलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गरिने, आगामी आर्थिक वर्षमा दोहोरा अंक नजिकको र पा“च वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी नेपालीको हालको प्रतिव्यक्ति आय पा“च वर्षमा दोव्वर बनाइने घोषणाको महासंघ स्वागत गर्दछ ।

सबै राजनीतिक एजेण्डा सकिएर मुलुक अब निर्वाध आर्थिक विकासको एकल शुत्रमा अगाढी बढ्नु पर्ने निरन्तर सुझाव दिँदै आएको निजी क्षेत्रमा यो घोषणाले थप उर्जा प्रदान गरेको भन्दै विज्ञप्तिमा नीति तथा कार्यक्रमले कृषि, उर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको संवाहकको रुपमा पहिचान गरेको छ ।

सार्वजनिक निजी र सहकारी क्षेत्रको प्रमुख लगानी यी क्षेत्रमा केन्द्रीत गरिने र वैदेशिक लगानी तथा विकासका साझेदारबाट प्राप्त स्रोतलाई पनि यी क्षेत्रमा परिचालन गरिने प्रतिवद्धताबाट महासंघले जोड दिएकै क्षेत्रलाई नीति तथा कार्यक्रमले समेटेकोमा थप उत्साहित भएको महासंघले जनाएको छ ।

सिमेन्ट लगायत खानीजन्य उद्योगमा लगानी प्रोत्साहन, चिनी उद्योगको विकास गरिने, छाला जुत्ता उद्योगको क्षमता विस्तार र गुणस्तरमा सुधार गर्न छालाजुत्ता उत्पादन क्षेत्र स्थापना गरिने लगायतका कार्यक्रमहरु उत्साहबर्धक रहेको महासंघको ठहर छ ।

सरकारको नीति तथा कार्यक्रम, उर्जा, पूर्वाधार विकास लगायतका केही क्षेत्रहरुमा महत्वाकांक्षी पनि देखिन्छ भन्दै महासंघले ती योजनाहरुलाई सफलरुपमा अगाडी लैजान आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement