रघुगंगाको मंगलेखानीमा सडक पुग्यो

Advertisement

बाबियाचौरः म्याग्दीको रघुगंगा गाउँपालिका–८, मंगलेखानी गाउँ सडक सञ्जालमा जोडिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा ७ नम्बर वडा नकलडाँडादेखि तीन किलोमिटर ५०० मिटर सडक विस्तार गरेर मंगलेमा सडक पुर्याइएको हो । सडकबाट करीब १०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष गमान छन्त्यालले बताए ।

उनका अनुसार गाउँपालिकाको आठ लाख रुपियाँ अनुदान सहयोगमा सडक निर्माण भएको हो । सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेपछि आवतजावत, निर्माण तथा दैनिक उपभोग्य सामग्री र खाद्यान्न ढुवानीका साथै स्थानीय कृषिउपज निकासी गर्न सहज भएको छ ।

सडकको मंगलबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे । अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलीजा, वडाध्यक्ष छन्त्याल, चिमखोलाका वडाध्यक्ष दुर्गा पुनले भौगोलिकरुपमा विकट रघुगंगावासीको सुविधाका लागि सडक योजनालाई प्राथमिकता दिएको बताए ।

भौगोलिकरुपमा विकट गाउँमा सडक पुगेको खुशियालीमा स्थानीयवासीले नाचगान गरेर खुशियाली मनाएका छन् । सडक बनेपछि एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ ।

Advertisement

Advertisement

Advertisement