हैदरावादलाई दुई विकेटले पराजित गर्दै चेन्नाई फाइनल प्रवेश

Advertisement

दिल्लीः इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा सनराइज हैदरावादलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । हैदरावादलाई पहिलो इलिमिनेटरमा दुई विकेटले पराजित गर्दै चेन्नाई फाइनलमा प्रवेश गरेको हो ।

हैदरावादलाई आइपीएलको जारी सिजनमा चौथो हार चखाउँदै चेन्नाई सातौ पटक आइपीएलको फाइनलमा प्रवेश गरेको हो । सुरुवाती बलिङ गरेको हैदरावादले १४० रनको विजय लक्ष्य दिएको थियो ।

हैदरावादले दिएको उक्त लक्ष्य चेन्नाईले १० ओभर १ बलमा ८ विकेटको क्षतीमा भेट्टायो । चेन्नाईलाई फाइनल प्रवेश गराउनलाई टोलीका फाफ डु प्लेसीले सार्वधिक ६७ रन बनाए ।

हैदरावादले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १३९ रन बनाएको थियो ।

Advertisement

Advertisement

Advertisement