गोरे भन्छन्ः मिडियामा मेरो मात्र नाम आयो, अब सबै तस्करको नाम आउन पर्यो

Advertisement

काठमाडौंः अवैध रुपमा त्रिभुवन विमानस्थलबाट भित्र्याइएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाइके चुडामणी उप्रेतीले ‘गोरे’ले दिनमा ८६ किलोसम्म सुन नेपाल भित्र्याएको बताएका छन् । उनले सरकारले गठन गरेको उच्चस्तरिय छानविन समितसँग बयानको क्रममा दिनमा ८६ किलोसम्मको सुन भित्र्याएको बताएका हुन् ।

गोरेले बाहिर मिडियामा आएजस्तो ठुलो तस्कर आफु नभएको बताए । मंगलवार बिहान गौरीघाटबाट पक्राउ परेका उनले आफु सुन तस्करको व्यवस्थापन गर्ने एजेन्ट मात्र भएको बताएका हुन् ।

गोरेले बयानका क्रममा आफुभन्दा माथि काम गर्ने अरु पनि भएको बताए । मिडियाले आफ्नो बारेमा मात्र लेखेकाले अब उनीहरुको बारेमा पनि लेख्न पर्ने बताए ।

गोरेले तस्करीको टिममा आफुसँग मिलेर काम गर्ने अन्य व्यक्तीको पनि नाम खुलाएका छन् । तीमध्ये केही उच्च प्रहरी अधिकारी पनि भएको समितिले बताएको छ ।

Advertisement

Advertisement

Advertisement