ग्लोबल आइएमइ बैंकको ८४औं शाखारहित सेवा कैलालीको मनुवामा

Advertisement

मुनुवाः ग्लोबल आइएमई बैंकले कैलालीको जानकी गाउँपालिकामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

बैंकले जानकी गाउँपालिकाको मनुवामा आफ्नो ८४औं शाखारहित सेवाको विस्तार गरेको हो ।

नयाँ शाखाको उद्घाटन जानकी गाउँपालिकाका प्रमुख प्रदीपकुमार चौधरीले र ग्लोबल आइएमई बैंकका रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले गरेका हुन् ।

ग्लोबल बैंकले व्यवसायीक प्रतिनिधिका लागि स्थानिय अनुप रावतलाई नियक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement