कार्यालय प्रमुख नै ५० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ

Advertisement

सुनसरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । उनलाई ५० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरिएको हो ।

अख्तियारले इटहरी क्षेत्रीय कार्यलयले सुवेदीलाई बुधबार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनलाई इनरुवास्थित उनकै सरकारी क्वाटरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सुवेदीले सुनसरीको श्री आधारभूत विद्यालयको ट्वाईलेट र पर्खाल बनाउन आयोजना पारिदिन्छु भनी विद्यालय प्रशासनसँग ५० हजार रुपियाँ घुस लिएका थिए । अख्तियारले सुवेदीमाथी छानविन गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement