सुनको भाउ तीन सयले बढ्यो

Advertisement

काठमाडौंः सुनको भाउ बुधबार तोलामा तीन सय रुपियाँले वृद्धि भएको छ । आज छापावाला सुन तोलाको ५८ हजार नौ सय रुपियाँले कारोबार भइरहेको छ । मङ्गलबार ५८ हजार छ सय रुपियाँ रहेको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार छ सय रुपियाँले कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपियाँले वृद्धि भएर ७७७ रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement