विश्वकै पातलो टिभी अब नेपाली बजारमा

Advertisement

काठमाडौंः केएल दुगड ग्रुपअन्तर्गत स्मार्ट अपलाईन्सेजले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा भित्राएको छ । यो विश्वकै सबैभन्दा पातलो टिभी भएको दावी गरिएको छ ।

यस टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको कम्पनीले जनाएको छ । यस टिभी स्मार्ट फोनभन्दा पातलो, ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, विभिन्न नयाँ फिचरहरु समाबेस रहेको छ । त्यस्तै, एलईडी टिभीको तुलनामा धेरै राम्रो रहेको कम्पनीले जनाएको छ ।

स्काईवर्थ टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएकोले उच्च दर्जाको साउण्ड सुन्न सकिनेछ । उक्त टिभीको मूल्य नेपालमा करिब २० हजार रुपियाँ पर्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement