सामसङको जे२ २०१८ मोबाइल नेपाली बजारमा, मूल्य जम्मा रु १४,५९०

Advertisement

काठमाडौंः सामसङको ग्लालेक्सी जे२ २०१८ मोबाइल नेपाली बजारमा भित्रिएको छ । यस सेटको मूल्य १४ हजार ५९० रुपियाँ रहेको छ । यो मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रगमा उपलब्ध छ ।

जे२ २०१८ सेट क्वालकोम स्नैपडै«गन प्रोसेर, २ जिबी ¥याम तथा १६ जिबी इन्टरनल मेमोरिका साथ उपलब्ध छ । स्मार्ट फोनमा हुनुपर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्यक्षमता अझ बढी विशिष्ट हुनपुगेको सामसङको भनाई छ ।

यस मोवाइल सेटमा मेमोरी सेविङ फिचर रहेको छ । यसबाट सोसल मिडिया एप्लिकेशनका सामग्रीहरुलाई सिधै मेमोरी कार्डमा राख्न सकिन्छ । दुई हजार छसय एमएएच ब्याट्री रहेको यस मोवाइलमा ५.० इन्चको सुपर अमोल्ड डिस्प्ले रहेको छ ।

एलइडी फ्ल्यासको साथ आठ मेगापिक्सलको रियर क्यामरा तथा पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको जे२ २०१८ ले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट एवं सफा फोटो खिच्न सक्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement