लालबाबुको सम्पत्ति पुरानो साइकल !

Advertisement

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा पुरानो साइकल पनि देखाएका छन् । सरकारका मन्त्रीहरुले सार्वजनिक गर्ने सम्पत्ति विवरण पेस गर्दै मन्त्री पण्डितले आफुसँग सवारीकोरुपमा पुरानो साइकल रहेको विवरण पेस गरेका हुन् ।

यस्तै पण्डितको सम्पत्ति मोरङमा एक कठ्ठा पैत्रीक जग्गामा बनेको पुरानो घर रहेको पाइएको छ । एभरेष्ट बैंकमा २५ लाख रुपियाँ र एक थान पुरानो साइकल सवारी रहेको उल्लेख गरेका छन् ।

उनकी श्रीमती विमला पण्डितको नाममा ललितपुरको भैसेपाटिमा ४ आना पैत्रीक जग्गा रहेको बताएका छन् । साथै, विमलाको नाममा एभरेष्ट र कृषि विकास बैंकमा गरि ३० लाख रुपियाँ रहेको छ । उनीसँग १० तोला सुन र १५ तोला चाँदी पनि रहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement