प्रविधि विकासमा सरकारले लिएको लक्ष्य महत्वपुर्णः क्यान

Advertisement

काठमाडौः सूचना प्रविधिको क्षेत्रमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले स्वागत गरेको छ । सरकारले सूचना प्रविधिलाई आर्थिक वृद्धिको सुचककोरुपमा लिई नीति तथा कार्यक्रममा समावेश गरेकोमा क्यानले स्वागत गरेको हो ।

सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने लक्ष्य लिएको छ । त्यस्तै, सार्वजनिक प्रशासन, व्यावसायिक क्षेत्र, सार्वजनिक एवं निजी सेवा, अभिलेख, तथ्यांक र वित्तीय कारोबारहरुलाई विद्युतीय सूचना प्रविधिमा आधारित बनाउने सरकारी महत्वपुर्ण भएको क्यानले बताएको छ ।

सरकारी सेवाको जानकारी पाउन सक्ने ‘नागरिक अधिकार मोबाइल एप्स’ले सूचना प्रविधिको प्रयोगलाई बृहत बनाउन सहयोग पुग्ने विश्वास क्यानले लिएको छ । सबै नेपालीलाई बायोमेट्रिक सूचनामा र आधुनिक सञ्चार प्रविधिको प्रयोग साथै उच्च गतिको इन्टरनेट सुविधाले सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’ अभियानमा टेवा पुग्ने बताइएको छ ।

सबै प्रकारका अनुगमनमा सूचना प्रविधिको प्रयोग र सेवाप्रदायक सबै सरकारी निकायलाई सूचना प्रविधि सञ्जालमा आबद्ध गर्ने सरकारी नीतिलाई क्यान महासंघले अत्यन्तै सकारात्मक रुपमा लिएको छ ।

Advertisement

Advertisement

Advertisement