सिप्रदी आस्र्योडको आयोजनामा गाडीहरुको अक्सन मेला हुने

Advertisement

काठमाडौंः सिप्रदी आस्र्योडको आयोजनामा नेपालमा गाडीहरुको बृहत अक्सन मेला हुने भएको छ । नेपालका लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको सह–कम्पनि सिप्रदी अस्र्योडले उक्त मेला आयोजना गर्न लागिएको हो ।

उक्त अक्सन मेला जेठ ११ र १२ गते, सिप्रदी आस्र्योडको, थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हने आयोजकले जानकारी दिएको छ । यस अक्सन मेलामा विभिन्न ६० प्रकारका गाडीहरु समावेश हुनेछन् ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सिप्रदीको आयोजनामा हुने उक्त मेलामा वारेण्टीसहित गाडीहरुको नामसारी पनि गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement