जनता बैंकको पाचँ नयाँ शाखारहित सेवा सञ्चालनमा

Advertisement

काठमाडौंः जनता बैंकले शाखारहित पाँच नयाँ शाखारहित सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको गोलबजारमा, रसुवाको नौकुण्डमा र कालिकामा, रामेछापको दोरम्बामा र जुम्लाको तातोपानीमा शाखा विस्तार गरेको हो ।

यीमध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टर उन्नती गरी शाखामा रुपान्तरण गरिएको बैंकले जनाएको छ । त्यस्तै, बाँकी ४ शाखाहरु भने नयाँ खोलिएका हुन् ।

जनता बैंकको शाखा एक सय १५, ४० शाखारहित बैंकिङ सेवा, एक सिमित बैंकिङ ईकाइ, दुई एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement