सिद्धेश्वर वाचनालय तथा सेवा केन्द्रमा सिलबन्दी

Advertisement

काठमाडौंः काठमाडौँको शान्तिनगरस्थित सिद्धेश्वर वाचनालय तथा सेवा केन्द्रमा आज पुनः सिलबन्दी गरिएको छ । वायिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा उक्त केन्द्रमा दोस्रो पटक सिलबन्दी गरेको हो ।

विभागले गत वैशाखमा अनुगमन गर्दा त्रुटि भेटाएपछि सिलबन्दी गरेको थियो । आवश्यक कागजात लिई विभागमा आउन दिएको निर्देशन समेत पालना नगरी बिरामीको उपचार गरेको पाइएपछि आज पुनः केन्द्रमा सिलबन्दी गरिएको विभागले जानकारी दिएको छ ।

आजै अनुगमन टोलीले शान्तिनगरमै रहेको आदित्य खाद्य भण्डार, एसके स्टोर, राम भण्डारी स्टोर र न्यू पाण्डे सप्लायर्सले नापतौल प्रमाणीकरण नगरेको, खाद्य र अखाद्य सामान एकै स्थानमा राखेको र व्यवसाय दर्ता पनि नगरेका पाइएकाले खाद्य र अखाद्य सामानहरु अलगै राख्न तथा व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

त्यसैगरी, शान्तिनगरमा रहेको खरिबोट खाजा घरलाई पनि सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको अनुगमन अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement