यस बर्ष कर्मचारीको तलव बढाउन सकिन्नः अर्थमन्त्री

Advertisement

काठमाडौंः अर्थमन्त्री यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपियाँ तलब बनाउन माग गरेको छ ।

उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Advertisement

Advertisement

Advertisement