जुँगा पालेबापत मासिक रकम बुझ्दै कालीबहादुर

Advertisement

दाङः सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आएका छन् ।

घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक दुई सय ५० रुपियाँ प्रदान गर्दै आएका छन् ।

“म पेशाले निर्माण व्यवसायी हुँ, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भने । नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए ।

“शुरुमा उहाँले ५० रुपियाँबाट सुरु गर्नु भएको हो, अहिले दुई सय ५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भने । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उनले बताए । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उनले बताए ।

Advertisement

Advertisement

Advertisement