उद्यमीहरुलाई सहायता गर्न मेटलाइफ फाउन्डेसन र किभाबीच सम्झौता

Advertisement

काठमाडौंः मेटलाइफ फाउन्डेसनले कर्मचारीलाई संलग्न गराउने अभियान अन्तर्गत विश्वभरका उद्यमीहरुलाई सहायता प्रदान गर्न एउटा विश्वव्यापी गैरसरकारी संस्था, ‘किभा’संँग साझेदारी गरेको छ । मेटलाइफका युरोप, मध्यपूर्व, अफ्रीका र ल्याटिन अमेरिकामा रहेका कर्मचारीहरुमा गरिएको सफल अभियानपछि यो कार्यक्रम एशियामा आएको हो ।

एशियामा रहेका मेटलाइफका २३ हजार कर्मचारीलाई उद्यमको सुरुवात गराउन र विकास गर्न २५ डलर ऋण विनियोजन गरेको जनाएको छ । मेटलाईफले विगत एक सय वर्षदेखि ग्राहकसँग गरेको वाचा पुरा गरेको र विगत ४२ वर्षदेखि व्यवसाय गरेको ठाउँमा समुदाय स्थापना गरेको बताएको छ ।

मेटलाइफका एक्जुकेटिभ भाइस पे्रसिडेन्ट स्टिभ गोलार्टले मेटलाइफ र किभाको सहकार्यमा सुरु गरिएको टेक एक्सन अभियानले एशियामा रहेका मेटलाइफका कर्मचारीहरुलाई सहभागी भई वित्तिय व्यवस्थापनमा पहुँच नभएका मानिसहरुलाई मद्दत गर्ने अवसर प्रदान गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement