नेशनल इन्स्योरेन्सको घाटा ५५ करोडभन्दा बढि

Advertisement

काठमाडौंः नेशनल इन्स्योरेन्स कम्पनीलाई चालू आर्थिक वर्षको पहिलो नौ महिनासम्ममा ५५ करोड एक लाख ९५ हजार रुपियाँ घाटा भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा घाटा बढेको देखिएको हो ।

अघिल्लो बर्ष सोही अवधिमा कम्पनीको घाटा ५३ करोड ५८ लाख ६३ हजार रुपियाँ रहे पनि अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा १० करोड ९७ लाख रुपियाँ नाफा गरेको थियो ।

नेशनल इन्स्योरेन्सले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ६४ करोड १४ लाख रुपियाँको बीमा शुल्क आर्जन गरकोे छ । २३ हजार ७७१ वटा बीमालेख जारी गरेको यो कम्पनीले १५ हजार ९२६ वटा बीमालेखको नवीकरण गरेको छ । यसको भुत्तानी हुन बाँकी रकम ९० करोड ९१ लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement