जोनडियर ट्रयाक्टरमा नबिल बैंकले ७५ प्रतिशतसम्म लगानी गर्ने

Advertisement

काठमाडौः जोनडियर ट्रयाक्टरमा नबिल बैंकले ७५ प्रतिशत लगानी गर्ने भएको छ । लगानीका लागि नबिल बैंक र विवेक अटोमोबाइल्सबीच सम्झैता भएको हो ।

बैंकले कृषि कर्जा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विवेक अटोमोबाइल्ससँग सम्झौता गरेको जनाएको छ । सो सम्झौ्तापत्रमा अटोमोबाइल्सका अध्यक्ष विवेक दुगड र नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले हस्ताक्षर गरेका हुन् । बैंकले अमेरिकन ब्रान्डको जोनडियर ट्रयाक्टरलाई सरल तथा छरितो तवरले लगानी गर्ने सम्झौ्तापत्रमा उल्लेख गरिएको छ ।

देशका बिभिन्न क्षेत्रमा कृषि उपज कामका लागि जोन डियर ट्रयाक्टरलाई लिइने गरिन्छ । नेपालको कृषि क्षेत्रमा सहज तरीकाले उत्पादन आम्दानीमा थप सहयोग पुग्ने दुगडले बताए ।

Advertisement

Advertisement

Advertisement