एसियन लाइफ र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौंः एसियन लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंक प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकासुरेन्सको माध्यमबाट प्रचलनमा ल्याएका विभिन्न १८ वटा जीवन बीमा योजना खरिद गर्न सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । अब एसियन लाइफका बीमा योजना तथा बीमा सेवा कैलाश विकास बैंकका ५२ वटा शाखा कार्यालयबाट समेत लिन सकिनेछ भएको छ ।

६९ उपशाखा र २८ शाखा कार्यालय रहेको लाइफ इन्स्योरेन्सको गत चैत मसान्तसम्म जीवन बीमा कोष १२ अर्ब ९ करोड रुपियाँ, लगानी १२ अर्ब २८ करोड तथा चुक्ता पुँजी एक अर्ब २० करोड रुपियाँ रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement