सेञ्चुरी बैंकको नयाँ शाखा बुढानिलकण्ठमा, एक्सटेन्सन काउन्टर कपनमा

cenchuri_bank_ new_branch_budhnilkantha

काठमाडौंः सेञ्चुरी बैंकले बुढानिलकण्ठको मण्डिखटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे ।

बैंकले कपनमा पनि एक्सटेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोवास गर्ने ग्राहकलाई सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

united_cement

बैंकको काठमाडौंमा १२ शाखा, छ एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र तीन वटा एक्सटेन्सन काउन्टर पुगेको छ ।