सरकार पाँच वर्षसम्म टिक्छ, आर्थिक विकास र समृदि हुन्छः प्रचण्ड

Advertisement

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने बताएका छन् । उनले हालको सरकारलाई कसैले हल्लाएर नहल्लिने बताएका हुन् ।

नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भएकाले सुविधाजनक बहुमत वर्तमान सरकारसँग रहेको बताए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२औं स्थापना दिवस समारोहमा प्रचण्डले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत भएको र यसलाई खेर जान नदिने बताए ।

बहुदल र गणतन्त्र स्थापनापछि पाँचवर्षसम्म कुनै सरकारले काम नगरे पनि अब यस्तो अवस्थाको सदा अन्त्य भएको बताएका हुन् । सरकार अब खरो रुपमा आर्थिक समृद्धि र विकासमा उत्रने बताए ।

अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमले सरकारको आगामी पाँचवर्षको मार्गचित्र कोरेको स्पष्ट पार्दै आगामी बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा बढी रकम विनियोजित हुनेसमेत जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement