धरानमा पहिले छुटेका पाँच वडाले पनि कृषि अनुदान पाउने

Advertisement

काठमाडौंः धरान उपमहानगरपालिकाका ५ वडाका किसानले अनुदानस्वरुप कृषि कर्जा लिन पाउने भएका छन् । पहिले यो क्षेत्र ग्रामिण क्षेत्र अन्तर्गत नपर्ने भएकाले कृषि कर्जा नपाएका हुन । अब भने उनिहरुले कर्जा पाउने भएका छन् ।

केन्द्रिय समन्वय समितिको जेठ ६ गते बसेको बैठकले धरान उपमहानगरपालिकाका थप ५ वडालाई समेत ग्रामीण क्षेत्रमा समेटिएपछि उनीहरुले यो सुविधा पाउने भएका छन् ।

उपमहानगरपालिका अन्र्तगतका पर्ने वडा नं. ४, ५, ६, १७ र २० नम्बर वडाका किसानले अनुदानमा कृषि कर्जा पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ती वडाका किसानलाई अनुदानमा कर्जा दिन बैंक तथा वित्तिय संस्थालाई आव्हान समेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement