पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेला

Advertisement

बझाङः प्रदेश नम्बर ७ को धार्मिक एवम् पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेला लागेको छ । यो मेला सो क्षेत्रको धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेलाको रुपमा प्रत्येक वर्षको जेठ शुक्ल नवमीका दिन लाग्ने गर्छ ।

यस क्षेत्रमा मेला लाग्ने स्थानहरु बझाङ, बाजुरा, डोटी र अछामको बीचमा पर्ने आयोजकले जनाएको छ । खप्तडमा २२ वटा पाटन समेत रहेका छन् । यस मेला हेर्न ठूलो संख्यामा दर्शनार्थीहरुको भिड लागेको छ ।

इतिहासमा उल्लेख भएअनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको जनविश्वास छ । त्रिवेणी, सहस्र लिंग, खापरदह, खडुली, दुदुलीलगायतका स्थानमा दर्शन गरेमा मनले आटेको कुरा पुरा हुने धार्मिक आस्था रहँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement