प्रभु बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न, तर मुनाफाको निर्णय गोप्य राखियो

Advertisement

काठमाडौंः प्रभु बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । देवीप्रकाश भट्टचनको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गएको आर्थिक बर्षको नाफा नोक्सान हिसाव पारित गरेको छ ।

मुनाफा वितरणबारे कुनै जानकारी नदिएको बैंकले सभाबाट आफ्नो सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको एकीकृत वित्तीय विवरण पनि पारित गरेको जनाएको छ । बैंकको जारी गरेको विज्ञप्तिमा गत बर्षको नाफा नोक्सान र मुनाफा वितरणबारे कुनै कुरा खुलाइएको छैन ।

त्यस्तै, विशेष प्रस्तावको रुपमा बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तिमा एक जना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यता प्राप्त मुल्याँकनकर्ता नियुक्तीगर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिदसम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

सञ्चालक समितको निर्णयबमोजिम रिक्त सञ्चालक पदमा नियुक्त भएका शंकर कालिकोटा र अन्जु अधिकारीको नियुक्तीलाई सभाले अनुमोदन गरेको छ ।

Advertisement

Advertisement

Advertisement