वैदेशिक रोजगारीबारे जानकारी दिन ‘रोजगार एप’ आयो

Advertisement

काठमाडौंः वैदेशिक रोजगारमा जाने नेपालीलाई आवश्यक जानकारी दिने उद्देश्यका साथ ‘रोजगार एप’ सार्वजनिक गरिएको छ । विहीवार विदेशमा जाने नेपाली कामदारलाई लक्षित गर्दै रोजगार एप सार्वजनिक गरिएको हो ।

साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सवमा एप सार्वजनिक गर्दै विदेशी भुमिमा रहेका नेपालीलाई सहयोग हुने बताएको छ । मिडियाका सम्पादक अनिल अधिकारीले रोजगारिका लागि विदेश जान चाहने तथा विदेशी भुमिमा रहेका लाखौँ नेपाली, म्यानपावर व्यवसायी लगायतलाई ध्यानमा राखेर उक्त एप सार्वजनिक गरिएको बताए ।

उनले वैदेशीक रोजगारीका विषयमा आएका विज्ञापन सही या गलत भनेर छुट्याउनलाई र म्यानपावरबारे विस्तृत जानकारी दिनलाई एपले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उक्त एपभित्र आफु जान चाहेको देशले मागेको कामदार संख्या, माग रहेको कामको शैली, सार्वधिक धेरैले मन पराएको माग, तलब, पद र कम्पनी सजिलै छनौट गर्न सकिने अधिकारीले बताए । एपको माध्यमबाट विज्ञापन अनुसार सजिलै छानेर हेर्न सकिने तथा सिधा सम्पर्क गर्न सकिने बताइएको छ ।

एपले कामदार र व्यवसायीबीच पुलको काम गर्ने जानकारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement