अमेरिकी आइटी कम्पनी नेपाल भित्रियो, केही दिनमै ११ लाख स्मार्ट लाइसेन्स दिन सकिने

Advertisement

काठमाडौंः विश्वस्तरीय आइटी कम्पनी जेब्राले मालिका इन्कोर्पोरेटसँगको सहकार्यमा नेपालमा आफ्नो १०१औं शाखा स्थापना गरेको छ । अमेरिकी आइटी कम्पनी जेब्राले स्वास्थ, शिक्षा, बैंकिङ्, यातायात लगायतका क्षेत्रमा अ‍ेमेरिकी सुचना प्रविधिको पहुँच पुर्याउने लक्ष्य लिएको छ ।

उद्घाटनपछि पूर्वमन्त्री जनार्दन शर्माले जेब्राको नेपाल आगमनले अब नेपाली समाजलाई डिजिटलाईज गर्नमा सहयोग पुग्ने बताए । उनले हाल सिंहदरबारमा रहेको एभरेष्ट बैंकबाट तलब लिनको लागि एउटा सरकारी कार्ड बनाउनलाई तीन महिना लाग्ने गरेकामा अब छिटै हुनेमा आशावादी रहेको बताए ।

इन्कर्पोरेटका अध्यक्ष टीकाराम जोशीले जेब्राको प्रविधिमार्फत पेन्डिङमा रहेका ११ लाख स्मार्ट लाइसेन्सलाई केही दिनमा नै समाधान गर्न सकिने बताए । उनले आवश्यक परे नेपालका १४ वटै यातायात कार्यालयमा प्रिन्टर मेसिन जडान गरेर माग धान्नलाई कम्पनी तयार रहेको बताए ।

जेब्रा कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधि शौरभ मिश्राले ४५ वर्ष अगाडी स्थापना भएको यस कम्पनीले विश्वभर लगानी बढाउँदै लगेको बताए । उनले जेब्रा नेपाल भित्र्याएर नेपाली समाजलाई आधुनिकिकरण गर्न पाउँदा खुसी लागेको बताए ।

जेब्राले हाल विश्व बजारमा परिचयपत्र, रासन कार्ड, स्मार्ट कार्ड लगायतका कार्डहरु बनाउँदै आएको छ । विश्वभर तीन अर्ब ७० करोड डलर लगानी रहेको भनिएको यस कम्पनीले करिब सात हजार जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement