आजदेखि बुटवलमा टाटा मोटर्स कार मेला सुरु

Advertisement

बुटवलः टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सिप्रदीको लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको आयोजनामा पहिलो पटक बुटवलमा टाटा मोटर्स कार मेला सुरु भएको छ । आजबाट सुरु भएको उक्त मेला १३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

यस कार मेलाले ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको हुनाले यो बर्षदेखि बुटवलमा पनि आयोजना गर्न लागिएको हो । यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् ।

टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ पुल, नेल आर्ट, फेस पेन्टिङ, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।

साथै, उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ । विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement