सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच सम्झौता

Advertisement

काठमाडौंः सिद्धर्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ । बैंक र रेमिट्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै रेमिट्यान्समार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका ११२ शाखाहरुबाट सजिलै भुक्तानी लिन र बैंकको खातामा सहज तरिकाले रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तैगरी, बैंकका बैंकका प्रमुख कँडेलले विदेशबाट पठाएको पैसा छिटो, छरितो माध्यमबाट सेवाग्राहीमा आइपुग्न थप सहज बनाउने जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement