सडक सुरक्षाबारे दुई दिने ‘फिल्म फेष्टिबल’ पर्यटन बोर्डमा आयोजा हुँदै

Advertisement

काठमाडौंः नेपालमा पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ । आउँदो जुलाई २ र ३ तारिखमा नेपाल पर्यटन बोर्डको हलमा फिल्म प्रदर्शन गरिने आयोजक नासा फाउन्डेसनले जानकारी दिएको छ ।

नासाले विभिन्न संघ संस्थाको सहकार्यमा फेस्टिभल आयोजना गर्न लागेको हो । फेस्टिभलमा बढीमा १० मिनेट सम्मका लगभग दुई दर्जन फिल्म प्रदर्शन गरिने छ भने उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फेस्टिभलमा विदेशी फिल्म मध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ ।

फिल्म फेस्टिभलका लागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र, अन्तरक्रिया र प्रदर्शन समेत हुनेछ । सडक दुर्घटना विश्वमै ठूलो मानव निर्मित समस्या बन्दै गएको छ । आज संसारमा वार्षिक रुपमा १४ लाख भन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाईरहेका छन् भने नेपालमा दुई सय भन्दा बढी अनाहक मै मारिन्छन् ।

त्यसैगरी, नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौको क्षति भइरहेको पनि छ । सडक दुर्घटनाका कारण हाम्रो सामाजिक संरचनामा नै ठूलो समस्या सिर्जना भएको छ । त्यही समस्या सुधारका क्रममा पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गर्न लागिएको नासा फाउन्डेसनले जनाएको छ । नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको कल्याणकारी संस्था हो ।

Advertisement

Advertisement

Advertisement