धानबालीमा मरुवा रोग

Advertisement

ललितपुरः धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन सकेका छैनन् । शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताउनुभयो । मरुवा(ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि लामो समयदेखि मरुवा रोग नियन्त्रणको उपाय खोजे पनि यसको पत्ता लाग्न नसकेको उनले बताए । उनले भने, ‘हामी रोग अवरोधक जात विकास गर्न अनुसन्धान गरिरहे पनि नतिजा निस्केको छैन ।’

पहिले सानो स्वरुपमा देखिए पनि यो रोगले बिस्तारै ठूलो स्वरुप लिइने प्राविधिक पराजुलीले बताए । रोग शुरु हुँदा पातमा सिसाकलमले धर्सा लगाए जस्तो देखिन्छ । पछि बिरुवाको सबै भागमा रोग फैलिएर फललाई असर गर्ने उनले बताए । यो रोग लागेपछि कहिले पात त कहिले पूरै बोट सुकेर जाने समस्या रहेको छ ।

किसानले राम्रो र गुणस्तरीय बीउ छनोट गर्दा यो रोग लाग्ने सम्भावना कम हुने बाली रोग नियन्त्रण महाशाखाका वैज्ञानिक चेतना मानन्धरले बताए । बीउको गुणस्तर, माटोको चिस्यान सबै कुराको ख्याल र बीउ आफैँ रोगी हुँदा बालीमा रोग फैलने सम्भावना बढी रहने उनले बताए ।

Advertisement

Advertisement

Advertisement