नेपाल बैंकले प्रतिकित्ता २८० दरमा एफपीओ निष्काशन गर्दै

nbl

काठमाडौंः नेपाल बैंकको एक सय रुपियाँमा १८० रुपियाँ प्रिमियम थप गरि दुई सय ८० रुपियाँ मूल्यमा एफपीओ निष्काशन हुने भएको छ । बैंकको सञ्चालन समितिबाट विहीवार एफपीओ मूल्य स्वीकृत भएसँगै एफपीओ मूल्य तोकिएको हो ।

सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधरणको ३७ दशमलव ७९ प्रतिशत लगानी रहेको बैंकको आठ अर्ब चार करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । बैंकको एफपीओ निष्काशन पछि सरकारी लगानी घटेर ४१ प्रतिशतमा आउने छ ।

nic-asia-ad

बैंकमा सर्वसाधरणको ४९ प्रतिशत हिस्सा रहने छ । बैंकले साधारणसभाबाट एक अर्ब ७६ करोड ८४ लाख रुपियाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपीओ निष्काशन गर्ने पस्ताव पारित गरेको छ ।

एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपियाँ पुग्नेछ । चालु आवको तेस्रो त्रैमासमा बैंकले दुई अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपियाँ खुद नाफा कमाएको छ । एफपीओ निष्काशनको जिम्मा सिद्धार्थ क्यापिटलले लिएको छ ।