नेपालमा रेल र समुन्द्रमा पानी जहाज चल्छ चल्छ, यो देशवासीको दिवा सपना होः ओली

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा निति तथा कार्यक्रमको जवाफ दिँदै नेपालमा रेल चल्ने र पानी जहाज पनि चल्ने बताएका छन् । ओलीले पानी जहाजको सपना राति नभई दिउँसै देखेकाले उडाउने विषय नभएको बताएका हुन् ।

उनले अबको केही वर्षमा नेपालको पानी जहाजले इष्ट टिमोरबाट पानी जहाजमार्फत सामन ढुवानी गर्ने बताए । ओलीले मंगोलियासँग २६५ वटा पानी जहाज रहेको उदाहण दिँदै नेपालको पनि पानी जहाज हुने बताए ।

साथै, काठमाडौंदेखि वीरगञ्जसम्मको रेलमार्ग पाँच वर्षमा बनाउने सहमती भईसकेको बताउँदै काठमाडौं केरुङ जोड्ने रेलको पनि सम्भाव्यता अध्ययन भएको बताए ।

काठमाडौं महानगरले मेट्रो रेल चलाउने सहमती भइसकेकाले सम्भाव्यता अध्ययन सकिए तत्काल निर्माण कार्य सुरु हुने बताए ।

Advertisement

Advertisement

Advertisement