एक लाख नेपालीलाई घरेलु कामदारकोरुपमा लग्न साउदी इच्छुक

Advertisement

काठमाडौंः साउदी अरबले नेपालबाट एक लाख घरेलु कामदार लैजाने तयारी गरेको छ । साउदीले नेपालसँग श्रम सम्झौता भएपछि एक लाख नेपालीलाई घरेलु कामदारकारुपमा भित्र्याउने तयारी गरेको हो ।

हाल नेपाली कामदारलाई साउदी अरबमा घरेलु कामदारमा जान रोक लगाइएको छ । रियादमा रहेको नेपाली दुतावासले साउदीले एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको जानकारी दिएको छ ।

साउदीले गरेको प्रस्तावमा केही समयभित्र निर्णय लिने तयारी सरकारले गरेको छ । प्रस्तावको विषयमा अध्ययन र छलफल चलिरहेको बताइएको छ । दुई देशबीच औपचारिक सम्झौता भएपछि नेपालीलाई साउदीमा घरेलु कामका लागि लगिने तयारी भईरहेको छ ।

Advertisement

Advertisement

Advertisement