यो साताको सुरुवात पनि निराशाजनक, नेप्से झण्डै १८ अंकले झर्यो

Advertisement

काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजार निराशाजनक रह्यो । अघिल्लो दिनहरुमा केही स्थिर ढंगले प्रायः एकल अंकले घट्दै गएको बजार आज दोहोरो अंकमा उक्लिएको हो ।

मुलुकमा स्थिर सरकार र आर्थिक गतिविधि वृद्धि, सेयर कारोबारमा नयाँ प्रविधिहरुको प्रयोगसँगै पुँजी बजारमा पनि निकै सुधार आउने लगानीकर्ताको आशा अब निराशामा परिणत हुन थालेको छ । विशेषगरी वामअर्थतन्त्रप्रति सशंकित लगानीकर्ता अर्थमन्त्रीका विवादास्पद अभिव्यक्तिबाट झन त्रसित देखिन्छन् ।

नेप्से दोहोरो अंकले घट्दा सेयर किनबेचको स्थित ४० करोड रुपियाँभन्दा कम छ । जसमा सबैभन्दा बढि कारोबार गर्ने ग्लोबल आइएमई बैंक छ । उसको चार करोड ६० लाख रुपियाँभन्दा बढिको किनबेच भएको छ ।

समूहगत कारोबारतर्फ व्यापार समूहको उपसुचकमा केही सुधार देखिए पनि बाँकी सबै ओरालो लागेका छन् । बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव १८ प्रतिशतले घटेको छ भने होटल समूहको दुई दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत, बीमा, अन्य र लघुवित्त समूहको उपसुचक पनि एक प्रतिशतभन्दा बढिले घटेका छन् ।

Advertisement

Advertisement

Advertisement