आइएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटलबीच नगदरहित सेवा सम्झौता

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रवन्धक पवन थापा र ओम हस्पिटलका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म ओम हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै, ओम हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा आइएमईको छ ।

Advertisement

Advertisement

Advertisement