आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्रीले भनेः अझै ८० लाख जनता गरिवीको रेखामुनी छन्

Advertisement

 

काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आइतबार सदनमा पेश गरे ।

अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । खतिवडाले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा कृषि क्षेत्रको योगदान २७.६ र ७२.४ प्रतिशत रहेको पनि जानकारी दिए ।

चालू आवमा प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ । उनका अनुसार पछिल्लो अनुमानअनुसार ६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका र बहुआयामिक रुपमा ८० लाख मानिस गरिबीको रेखामुनि रहेका छन् ।

आन्तरिक बचत दर सुधारोन्मुख भएपनि यस वर्ष कूल गार्हस्थ्य उत्पादनको १५ प्रतिशतमा मात्र बचत हुन सकेको र लगानी सात प्रतिशत रहेको उल्लेख गर्दै खतिवडाले बचत र लगानीको प्रतिशतप्रति सन्तोष व्यक्त गरे ।

वार्षिक बिन्दुगत मुद्रास्फीति दर छ प्रतिशत रहेको र मूल्य चाप बढ्दै गएको सर्वेक्षणले देखाएको छ । राजश्वको वृद्धि सन्तोषप्रद भए पनि सरकारी खर्चमा भएको तीव्र गतिले गर्दा बजेट घाटा बढ्दै गएको छ ।

आव २०७२/७३ मा नाफा गर्ने संस्थानको संख्या २३ रहेकामा चालू आवमा २६ वटा संस्थाले नाफा कमाएको छ । शेयर बजार स्थिरतातर्फ जाने विश्वास पनि उनले व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement